मिस युनिभर्स सङ्खला थाइल्यान्ड २०२६ मा मेनुका गौतम (कैरा) विजयी, वरिष्ठ समाजसेवी कुमार कार्कीले दिए शुभकामना
थाइल्यान्डमा आयोजित मिस युनिभर्स सङ्खला थाइल्यान्ड २०२६ प्रतियोगितामा नेपाली मूलकी मेनुका गौतम (कैरा) विजयी भएपछि विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ।
थाइल्यान्डका वरिष्ठ समाजसेवी कुमार कार्कीले सामाजिक सञ्जालमार्फत मेनुका गौतमलाई हार्दिक बधाई दिँदै उनको सफल भविष्यको कामना गरेका छन्।
उनले आफ्नो शुभकामना सन्देशमा लेखेका छन्:
“Congratulations Miss Universe Songkhla, Thailand 2026, Miss Menuka Gouttham (Kaira). We wish you a successful career, chori. We are proud of you.”
कुमार कार्कीले मेनुकाको उपलब्धिले थाइल्यान्डमा बसोबास गर्ने नेपाली समुदायलाई मात्र नभई विश्वभरका नेपालीलाई पनि गर्व महसुस गराएको उल्लेख गरेका छन्। उनले मेनुकाको आगामी यात्रा अझ सफल, उज्ज्वल र प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्दै निरन्तर सफलताको शुभकामना दिएका छन्।
मेनुका गौतम (कैरा)को यो उपलब्धिलाई नेपाली समुदायले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभाको गौरवपूर्ण उपस्थितिका रूपमा लिएको छ।