चितवनमा मौन अवधिमा भिडियो सार्वजनिक गरेको आरोपमा रतन कार्की नियन्त्रणमा

theoutsidenepal.com

चितवन । टिकटकर तथा युट्युबर रतन कार्की लाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ।


मौन अवधिका बेला नेपाली कांग्रेसका महामन्त्री गगन थापा सँगको भिडियो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।


निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा कुनै पनि प्रकारको चुनावी प्रचार–प्रसार, समर्थन वा विरोधमा सामग्री प्रकाशन तथा प्रसारण गर्न नपाइने व्यवस्था छ। सोही व्यवस्था उल्लंघन गरेको आशंकामा कार्कीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।


घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।


प्रतिक्रिया