दोलखा — आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको अवसरमा नेपाली कांग्रेसका युवा नेता एवं दोलखा का उम्मेदवार अजयबाबु शिवाकोटी ले दोलखाबासीलाई रुख चिन्हमा मतदान गरी उनलाई भारी बहुमतले विजयी बनाउने हार्दिक अपिल गरेका छन्।
शिवाकोटीले आफ्नो अपिलमा आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्बोधन गर्दै, आगामी निर्वाचनमा जनताको साथ र विश्वास नै उनको शक्ति भएको बताए। उनका अनुसार दोलखाको विकास र उज्यालो भविष्यका लागि जनताको सक्रिय सहभागिता अति आवश्यक छ।
उनी युवा नेता भएर पनि अनुभव र दृढ निश्चयका साथ दोलखामा भ्रष्टाचार विरुद्धको निडर आवाज, समृद्धिको स्पष्ट योजना र युवासँग नजिकको नेतृत्व प्रस्तुत गर्दै आएका छन्। उनको नेतृत्वमा दोलखाको शिक्षा, रोजगारी र पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा भित्रिएको छ।
समर्थकहरूले अजयबाबु शिवाकोटीलाई भारी मतसहित विजयी बनाउने प्रतिवद्धता व्यक्त गर्दै, चुनावी तयारीमा सक्रियता देखाइरहेका छन्। उनका अभियानकर्ताहरूले दोलखाबासीको विश्वास र उत्साहलाई नयाँ ऊचाइमा पुर्याउने लक्ष्य राखेका छन्।
अन्त्यमा, अजयबाबु शिवाकोटीले जनता समक्ष स्पष्ट आह्वान गर्दै भनेका छन् —“फागुन २१ मा रुख चिन्हमा मतदान गरौँ, दोलखाको भविष्य उज्यालो बनाऔँ! जय नेपाल!”