नासु नेपाली समाज जापानको ऐतिहासिक सुरुआत: पहिलो बैठकबाट नयाँ पहिचान, नयाँ नेतृत्व र एकताको सशक्त सन्देश
टोकियो (जापान)। जापानको तोचिगीस्थित नासु क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई एउटै साझा चौतारीमा जोड्ने उद्देश्यसहित स्थापित ‘नासु नेपाली समाज (Nasu Nepalese Community)’ ले आफ्नो पहिलो कार्यसमिति बैठक भव्य रूपमा सम्पन्न गर्दै संस्थाको नयाँ पहिचान, नयाँ नेतृत्व र आगामी यात्राको स्पष्ट मार्गचित्र सार्वजनिक गरेको छ।
२०८३ असार २८ गते (१२ जुलाई २०२६) सम्पन्न बैठकले नेपाली समुदायबीच आपसी भाइचारा, एकता, सहकार्य तथा सामाजिक गतिविधिलाई अझ व्यवस्थित, सशक्त र प्रभावकारी बनाउने लक्ष्यका साथ महत्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ।
बैठकको सबैभन्दा महत्वपूर्ण निर्णयका रूपमा यसअघि ‘Nasu Nepalese Group’ का रूपमा परिचित संस्थाको नाम परिवर्तन गरी अबदेखि आधिकारिक रूपमा ‘नासु नेपाली समाज (Nasu Nepalese Community)’ राख्ने निर्णय गरिएको छ। सहभागी सदस्यहरूको व्यापक छलफल र पूर्ण सहमतिपछि गरिएको यो निर्णयलाई संस्थाको नयाँ युगको सुरुआतका रूपमा हेरिएको छ।
नयाँ कार्यसमिति सर्वसम्मत चयन
बैठकले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरेको छ।
पदाधिकारीहरू:
- अध्यक्ष : मनोज भण्डारी
- उपाध्यक्ष : सुनिता लामा श्रेष्ठ
- सचिव : नवराज पोखरेल
- कोषाध्यक्ष : पूजन अधिकारी
- सह-कोषाध्यक्ष : रबिन पाण्डे
कार्यसमिति सदस्यहरू:
- सरोज भुजेल
- दीपक भारती
- रविना दाहाल
- प्रदीप खतिवडा
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै संस्थाले आगामी दिनमा नासु क्षेत्रमा रहेका सम्पूर्ण नेपालीहरूको हित, अधिकार, एकता र सामाजिक उत्थानका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
संस्थाले नासुवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई निरन्तर सहयोग, सुझाव र सहभागिताका लागि आह्वान गर्दै सबैलाई संस्थाको अभियानमा जोडिन आग्रह गरेको छ।
‘एकता, सद्भाव, सहयोग र समृद्धि हाम्रो अभियान’ भन्ने मूल नारासहित अघि बढेको नासु नेपाली समाजले जापानमा नेपाली समुदायको साझा आवाज र भरोसायोग्य संस्थाका रूपमा आफूलाई स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।