सम्पत्ति छानबिन आयोग गठन, पूर्वन्यायाधीश भण्डारी संयोजक

theoutsidenepal.com

काठमाडौं, २ वैशाख । सरकारले सार्वजनिक पद धारण गरेका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेको छ।


मन्त्रिपरिषद्को निर्णयअनुसार राजेन्द्रकुमार भण्डारी को संयोजकत्वमा ५ सदस्यीय “सम्पत्ति जाँचबुझ छानबिन आयोग” गठन गरिएको हो।


सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले दिएको जानकारीअनुसार आयोगले २०६२/०६३ देखि ०८२/०८३ सम्म सार्वजनिक पदमा रहेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिन गर्नेछ।


आयोगका अन्य सदस्यहरूमा पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन्।


सरकारले पारदर्शिता र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोग गठन गरेको जनाएको छ। आयोगले आवश्यक अनुसन्धान गरी प्रतिवेदन सरकारसमक्ष पेश गर्नेछ।


प्रतिक्रिया