एनआरएनए आईसीसी उपाध्यक्षमा ददिवल खड्काको उम्मेदवारी घोषणा

theoutsidenepal.com

गैरआवासीय नेपाली संघ Non-Resident Nepali Association (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को आगामी कार्यकाल २०२५–२०२७ का लागि उपाध्यक्ष पदमा Dadiwal Khadka ले उम्मेदवारी दिएका छन्। “नेपालीका लागि नेपाली” भन्ने नारासहित खड्काले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै विश्वभर रहेका गैरआवासीय नेपालीहरूको हक, हित र एकतालाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका खड्काले संगठनभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै अनुभव हासिल गरेका छन्। उनी NRNA Japan का सल्लाहकारको रूपमा सन् २०१७–०१८ मा कार्यरत रहेका थिए। त्यसपछि उनले २०१९–०२१ मा एनआरएनए आईसीसी सदस्य को जिम्मेवारी सम्हालेका थिए।


त्यसैगरी उनले २०२१–०२३ को अवधिमा एसिया–प्यासिफिक क्षेत्रको उप–संयोजक (DRC) का रूपमा काम गर्दै क्षेत्रीय स्तरमा संगठन विस्तार र समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।


एनआरएनए अभियानमा निरन्तर सक्रिय रहँदै आएका खड्काले आफ्नो अनुभव र कार्ययोजनाका आधारमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएको बताएका छन्। उनले विश्वभर रहेका एनआरएनए प्रतिनिधिहरूलाई आफ्नो अमूल्य मत दिएर सहयोग गर्न विनम्र अनुरोध पनि गरेका छन्।


प्रतिक्रिया