दिपक कँडेल (एशिया–प्यासिफिक) क्षेत्रीय संयोजकमा चयन

theoutsidenepal.com

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को एशिया–प्यासिफिक क्षेत्रीय संयोजकमा दिपक कँडेल चयन हुनुभएको छ।


एशिया–प्यासिफिक जस्तो विशाल र विविध क्षेत्रलाई समेट्दै उहाँले संस्थालाई थप सशक्त, संगठित र प्रभावकारी बनाउने महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विभिन्न देशमा रहेका नेपाली समुदायलाई एकीकृत गर्दै सहकार्य, समन्वय र विकासका पहलहरूलाई अघि बढाउने विश्वास गरिएको छ।


बधाई तथा शुभकामना


दिपक कँडेललाई एशिया–प्यासिफिक क्षेत्रीय संयोजक जस्तो महत्वपूर्ण जिम्मेवारीमा चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। उहाँको नेतृत्वमा उक्त क्षेत्र अझ सक्रिय, सुदृढ र परिणाममुखी बन्ने विश्वास गरिएको छ।


आगामी दिनहरूमा उहाँको ऊर्जा, अनुभव र प्रतिबद्धताले एनआरएनए र विश्वभर रहेका नेपाली समुदायलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। सफल कार्यकालको पुनः हार्दिक शुभकामना! 


प्रतिक्रिया