पीताम्बर जोशी केन्द्रीय सदस्यमा निर्वाचित

theoutsidenepal.com

पीताम्बर जोशी केन्द्रीय सदस्यमा निर्वाचित


काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघको जारी महाधिवेशनअन्तर्गत कञ्चनपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष पीताम्बर जोशी सुदूरपश्चिम प्रदेश (भूगोलतर्फ) बाट केन्द्रीय सदस्य पदमा अत्यधिक मतसहित विजयी भएका छन्।


जोशीको विजयसँगै सुदूरपश्चिम प्रदेशको व्यवसायिक प्रतिनिधित्व थप सशक्त हुने अपेक्षा गरिएको छ। व्यवसायिक क्षेत्रको अनुभव र नेतृत्व क्षमता भएका जोशीले महासंघभित्र प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।


उनको विजयप्रति विभिन्न संघ–संस्था तथा व्यक्तित्वहरूले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्। यसै क्रममा टन मिडिया ग्रुपका अध्यक्ष एच.बी. ताम्राकारले जोशीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।


महासंघको नयाँ नेतृत्व चयनसँगै निजी क्षेत्रको नीति निर्माण र व्यवसाय प्रवर्द्धनमा थप गति आउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया