अमेरिकास्थित Non-Resident Nepali Association NCC USA ले गैरआवासीय नेपालीहरूको महत्वपूर्ण सरोकारको विषय “नागरिकता प्राप्तिको जटिलता” माथि केन्द्रित Diaspora Discourse Series–2 अन्तर्गत विशेष संवाद कार्यक्रम आयोजना गर्ने भएको छ।
आयोजकका अनुसार उक्त कार्यक्रममा विभिन्न क्षेत्रका अनुभवी तथा सरोकारवाला व्यक्तित्वहरूको सहभागिता रहनेछ। कार्यक्रममा Gyanendra Shahi, वरिष्ठ अधिवक्ता तथा पूर्व अध्यक्ष Khagendra GC, तथा नागरिकता अभियान संयोजक Basudev Ghimire सहभागी हुनेछन्। कार्यक्रमको सहजीकरण Bishnu Bibek ले गर्ने जनाइएको छ।
उक्त संवाद कार्यक्रम ५ अप्रिल २०२६ (आइतबार) का दिन राति ९:०० बजे (EST) तथा नेपाल समय अनुसार बिहान ६:४५ बजे सञ्चालन हुनेछ। कार्यक्रम NRNA USA को आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।
यस कार्यक्रममार्फत विदेशमा रहेका नेपालीहरूको दीर्घकालीन माग “एक पटकको नेपाली, सधैं नेपाली” अभियानसँग सम्बन्धित कानुनी, नीतिगत तथा व्यवहारिक जटिलताहरूको गहन छलफल गर्ने लक्ष्य राखिएको अध्यक्ष सतेन्द्र साह ले बताएका छन्।
आयोजकले विश्वभर रहेका नेपाली समुदाय तथा सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक आमन्त्रण गरेका छन्।