मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकालद्वारा रसुवा बाढी–पहिरो पीडितका लागि १ लाख सहयोग

theoutsidenepal.com

मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकालद्वारा रसुवा बाढी–पहिरो पीडितका लागि १ लाख सहयोग

काठमाडौं — रसुवामा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि Miss Nepal World 2026 तथा NRNA अन्तर्राष्ट्रिय दोस्रो पुस्ताका यूथ कोअर्डिनेटर दीपमाला ढकालले १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ।

ढकालले उक्त सहयोग रकम गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्मालाई हस्तान्तरण गर्नुभएको हो।

विपद्को कठिन परिस्थितिमा रसुवाका बाढी–पहिरो प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको जनाइएको छ।


युवा पुस्ताबाट सामाजिक उत्तरदायित्वसहित विपद् प्रभावित समुदायको सहयोगमा देखाइएको यो पहलप्रति धन्यवाद व्यक्त गरिएको छ। दीपमाला ढकालको सहयोगले रसुवा बाढी–पहिरो पीडितको राहत तथा पुनर्स्थापना अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

रसुवा बाढी–पहिरो पीडितका लागि सहयोग गर्नुभएकोमा दीपमाला ढकालप्रति हार्दिक धन्यवाद तथा आभार।


प्रतिक्रिया