डिजिटल आत्मनिर्भरतातर्फ नेपाल, ‘सार्वभौम एआई’ विकासमा जुट्दै : सागर ढकाल

theoutsidenepal.com


डिजिटल आत्मनिर्भरतातर्फ नेपाल, ‘सार्वभौम एआई’ विकासमा जुट्दै : सागर ढकाल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य सागर ढकालले नेपाल अब डिजिटल आत्मनिर्भरताको दिशामा अघि बढ्न थालेको बताएका छन्।


सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले ऊर्जा र खाद्यान्नमा आत्मनिर्भर बन्ने प्रयास भइरहेका बेला डिजिटल क्षेत्रमा भने नेपालले ढिलो गरी पाइला चाल्न थालेको उल्लेख गरेका छन्।


ढकालले नेपालकै डाटा, आफ्नै प्रविधि र आफ्नै कृत्रिम बुद्धिमत्ता (AI) विकास गर्ने लक्ष्यसहित “Sovereign AI (सार्वभौम एआई)” को अवधारणामा काम सुरु भएको जानकारी दिएका छन्।


उनले नेपाललाई डिजिटल रूपमा आत्मनिर्भर बनाउने अभियानमा आफूहरू सक्रिय रहेको उल्लेख गर्दै यस कार्यमा सहयोग र सहकार्य गरेको भन्दै हेम चौधरी र प्रा. डा. सुधन झाप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्।


उनको भनाइलाई नेपालको डिजिटल भविष्य, डाटा सुरक्षा र स्वदेशी प्रविधि विकाससँग जोडेर अर्थपूर्ण पहलका रूपमा हेरिएको छ।


प्रतिक्रिया