एनआरएनए अमेरिकाका पूर्व–पश्चिम क्षेत्रीय संयोजक बिष्णु खत्रीको आह्वान : स्थानीय व्यवसायलाई साथ दिऔँ, समुदायलाई बलियो बनाऔँ
क्यालिफोर्निया । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पूर्व–पश्चिम क्षेत्रीय संयोजक बिष्णु खत्रीले स्थानीय व्यवसायको प्रवर्द्धन र समुदायको आर्थिक सशक्तीकरणका पक्षमा दिएको सन्देशले प्रवासी नेपाली समुदायमा व्यापक सकारात्मक चर्चा पाएको छ।
मेयर लेरी क्यालेन को पनि उपस्थिति थियो । र साथै अन्य संघसंस्थाका मानिसहरुको पनि उपस्थिति थियो ।
रमेश राउत , आशीष कार्की , सुसील दर्लाकोटी, जीवन थापा , शंकर मगर हरु संचालक हुन ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खत्रीले रेस्टुरेन्ट व्यवसायीहरूलाई गुणस्तरीय सेवा र प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुने to-go disposable products खरिदका लागि Restaurant Supply Hub लाई प्राथमिकता दिन आग्रह गरेका छन्। उनले उक्त कम्पनीले बे एरियाका अन्य आपूर्तिकर्ताको तुलनामा उत्कृष्ट सेवा र प्रतिस्पर्धी मूल्य उपलब्ध गराइरहेको विश्वास व्यक्त गरेका छन्।
खत्रीले आफ्नो सन्देशमार्फत स्थानीय व्यवसायलाई साथ दिनु नै समुदायको आर्थिक समृद्धि, रोजगारी सिर्जना र दीर्घकालीन विकासको आधार भएको उल्लेख गरेका छन्। उनको यो अभिव्यक्तिलाई धेरैले समुदायप्रति उत्तरदायी, दूरदर्शी र प्रेरणादायी नेतृत्वको उदाहरणका रूपमा लिएका छन्।
उद्घाटन कार्यक्रममा सहभागी भई टोलीलाई हौसला प्रदान गरेका सन्निभेलका मेयर ल्यारी क्लाइनप्रति पनि खत्रीले विशेष धन्यवाद व्यक्त गरेका छन्। उनले मेयरको नेतृत्व, सहयोग तथा व्यवसायमैत्री वातावरण निर्माणमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका छन्।
लामो समयदेखि अमेरिकामा नेपाली समुदायको एकता, अधिकार र पहिचानका लागि सक्रिय रहँदै आएका बिष्णु खत्रीलाई प्रवासी नेपाली समाजमा सम्मानित र प्रभावशाली व्यक्तित्वका रूपमा हेरिन्छ। विभिन्न सामाजिक, व्यवसायिक तथा सामुदायिक गतिविधिमार्फत उनले नेपाली समुदायलाई जोड्ने र सशक्त बनाउने कार्यमा निरन्तर भूमिका खेल्दै आएका छन्।
समुदायका अगुवाहरूका अनुसार खत्रीको सकारात्मक सोच, नेतृत्व क्षमता र नेपाली समुदायप्रतिको प्रतिबद्धताले नयाँ पुस्तालाई समेत प्रेरित गरिरहेको छ। स्थानीय व्यवसायलाई प्रोत्साहन गर्दै उनले दिएको पछिल्लो सन्देशलाई आर्थिक समृद्धि र सामुदायिक एकताको अभियानका रूपमा समेत हेरिएको छ।
सिलिकॉन भ्याली कै पहिलो हो । टु गो सामानहरु बिक्री वितरण गरिनेछ।