सर्लाही–४ मा डा. अमरेश कुमार सिंहको उभार : विजयी नजिक, परिवर्तनको नयाँ लहर

theoutsidenepal.com

सर्लाही–४ मा डा. अमरेश कुमार सिंहको उभार : विजयी नजिक, परिवर्तनको नयाँ लहर


सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा तथा भिजनरी नेता डा. अमरेश कुमार सिंह को जनलहर तीव्र बन्दै गएको छ। गाउँ–गाउँमा भइरहेको घरदैलो, छलफल र जनभेटघाट कार्यक्रममा देखिएको उत्साहले उहाँको जीत नजिकिएको संकेत गरेको समर्थकहरूको दाबी छ।


शिक्षित, स्पष्ट वक्ता र विकासमुखी सोचका धनी डा. सिंहलाई सर्लाही–४ मा नयाँ पुस्ताको आशाका रूपमा हेरिएको छ। उहाँले सुशासन, पारदर्शिता, युवा रोजगारी, गुणस्तरीय शिक्षा र आधुनिक कृषि प्रणालीलाई आफ्नो प्राथमिक एजेन्डा बनाउँदै चुनावी मैदानमा होमिनुभएको छ।


कार्यक्रमहरूमा बोल्दै उहाँले “अब सर्लाहीलाई सम्भावनाको केन्द्र बनाउने समय आएको छ” भन्दै विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुभएको छ। स्थानीय युवाहरू, बुद्धिजीवी र व्यवसायी वर्गबाट समेत उहाँप्रति सकारात्मक समर्थन देखिएको बताइएको छ।


राजनीतिमा नयाँ ऊर्जा र परिणाममुखी नेतृत्व आवश्यक रहेको सन्देशसहित अघि बढ्नुभएका डा. अमरेश कुमार सिंहलाई यसपटक सर्लाही–४ बाट ऐतिहासिक जित दिलाउने वातावरण बनेको विश्लेषण भइरहेको छ। समर्थकहरू भने परिवर्तनको लहर अब रोक्न नसकिने दाबी गर्दै विजयोत्सवको तयारीमा जुटिसकेका छन्।


प्रतिक्रिया