काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै एमालेका बौद्धिक तथा भिजनरी नेता रणीराम फुयाल ले व्यापक जनसमर्थन जुटाउन सफल हुनुभएको छ। कार्यक्रमका क्रममा खिचिएका तस्विरहरूले जनताको अपार माया, सद्भाव र सम्मान स्पष्ट झल्काएको छ।
घरदैलो अभियानमा स्थानीय बासिन्दाले उत्साहका साथ स्वागत गर्दै विकासमुखी नेतृत्वप्रति आफ्नो विश्वास व्यक्त गरेका छन्। सरल, शालीन र अध्ययनशील व्यक्तित्वका रूपमा परिचित फुयालले काठमाडौं–२ लाई व्यवस्थित शहरी विकास, सुशासन, शिक्षा सुधार र रोजगारी सिर्जनाको नमुना क्षेत्र बनाउने प्रतिबद्धता दोहोर्याउनुभएको छ।
उहाँले भन्नुभयो, “जनताको साथ, सुझाव र भरोसाले मलाई थप जिम्मेवार बनाएको छ। काठमाडौं–२ को समृद्धि नै मेरो पहिलो प्राथमिकता हो।”
विश्लेषकहरूका अनुसार निरन्तर घरदैलो, स्पष्ट एजेन्डा र बौद्धिक छविका कारण रणीराम फुयालको जीत नजिकिँदै गएको संकेत देखिएको छ। समर्थकहरू भने यसपटक काठमाडौं–२ मा परिवर्तन र परिणाममुखी नेतृत्वको सुरुवात हुने दाबी गरिरहेका छन्।