गोरखा क्षेत्रका सफल व्यवसायी र कोषाध्यक्ष रमेश विश्वकर्मालाई आज खगेन्द्र सुनार नेतृत्वको पार्टीमार्फत नेपाली कम्युनिष्ट पार्टी मा प्रवेश गराउने अवसर प्राप्त भएको छ। कार्यक्रममा पार्टीका अध्यक्ष क. प्रचण्ड ले प्रत्यक्ष रूपमा रमेश विश्वकर्मालाई पार्टीमा स्वागत गर्नुभयो।
यो कार्यक्रममा डा. मित्र परियारले समेत उपस्थित भएर रमेश विश्वकर्माको स्वागत गर्नु भएको थियो। रमेश विश्वकर्मा आगामी चुनावमा समानुपातिक उम्मेदवारका रूपमा गोरखा क्षेत्रबाट पार्टीको प्रतिनिधित्व गर्ने छन्।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरूको उपस्थितिमा सम्पन्न यो कार्यक्रमले गोरखाली समाजमा उत्साह थपेको छ।
21 February 2026