नेपालले भारतीय विदेशमन्त्री एस जयशंकरलाई दियो नेपाल भ्रमणको निम्तो

theoutsidenepal.com


नेपाल सरकारले भारतीय विदेशमन्त्री Subrahmanyam Jaishankar डा. एस. जयशंकरलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।


मंगलबार आयोजित साप्ताहिक मिडिया ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता Randhir Jaiswal ले मौरिससमा भएको भेटवार्ताका क्रममा नेपालका परराष्ट्रमन्त्री Shishir Khanal ले भारतीय विदेशमन्त्री जयशंकरलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिएका हुन्।


प्रवक्ता जैसवालका अनुसार मौरिससमा दुई देशका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सहकार्य तथा आगामी भ्रमणबारे छलफल भएको थियो।


उनले भने,

“हाम्रा विदेशमन्त्रीको पनि नेपालका विदेशमन्त्रीसँग कुराकानी भएको थियो। उहाँहरूबीच मौरिससमा भएको भेटवार्ताका क्रममा नेपालका तर्फबाट विदेशमन्त्रीलाई भ्रमणको निम्तो आएको थियो।”


नेपाल–भारत सम्बन्धमा पछिल्लो समय उच्चस्तरीय भेटघाट र कूटनीतिक सक्रियता बढ्दै गएको छ।


प्रतिक्रिया