बालाजु–बसपार्क क्षेत्रको सुकुम्बासी बस्ती खाली, डोजर आउनुअघि नै सरसामान सारियो

theoutsidenepal.com

बालाजु–बसपार्क क्षेत्रको सुकुम्बासी बस्ती खाली, डोजर आउनुअघि नै सरसामान सारियो


काठमाडौं । बालाजु चोकदेखि बसपार्कसम्म फैलिएको सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका स्थानीयले डोजर परिचालन हुनुअघि नै आफ्ना घरटहरा खाली गरेका छन्।


उक्त क्षेत्रमा रहेका अधिकांश परिवारले घरभित्रका सबै सरसामान अन्यत्र सारिसकेका छन् भने घरका झ्याल–ढोका, जस्तापाता, रड लगायत पुनः प्रयोग गर्न सकिने सामग्रीहरू समेत आफैंले निकालेर सुरक्षित स्थानमा लगेको देखिएको छ।


स्थानीयका अनुसार सम्भावित हटाउने कार्य (डोजर अभियान)को जानकारी पाएपछि उनीहरूले क्षति कम गर्न अग्रिम तयारीस्वरूप घर खाली गरेका हुन्। अहिले उक्त क्षेत्रमा अधिकांश घरटहरा खाली अवस्थामा रहेका छन्।


सरोकारवाला निकायले भने सो क्षेत्र व्यवस्थापन तथा संरचना हटाउने प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको बताइएको छ। यससँगै त्यहाँ बसोबास गर्दै आएका परिवारहरूको पुनःस्थापना र व्यवस्थापनबारे चासो बढेको छ।


प्रतिक्रिया