काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा आफ्नो नाम नपरेपछि नेता प्रमोद न्यौपाने ले सालीन प्रतिक्रिया दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले देश र जनताको “रूपान्तरण” तथा पार्टीको नीति र नेतृत्वको “न्याय” का लागि आफूले संघर्ष गरिरहेको उल्लेख गरेका छन्। उनले मैदानमा रहुञ्जेल अझै दृढतापूर्वक लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
न्यौपानेले रास्वपाले हासिल गरेको कीर्तिमानी सफलताको आधार आमजनतामा रहेको उल्लेख गर्दै व्यक्तिगत सत्कर्मबाट पनि जनतालाई न्याय अनुभूत गराउने प्रयास निरन्तर जारी राख्ने बताएका छन्।
साथै उनले सकारात्मक परिणामको अपेक्षा गर्दै साथ, सद्भाव र शुभेच्छा व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
16 March 2026