पूर्ण बनियाँद्वारा एनआरएनए आईसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

theoutsidenepal.com

पूर्ण बनियाँद्वारा एनआरएनए आईसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता


गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को उपाध्यक्ष पदका लागि पूर्ण बनियाँले उम्मेदवारी दर्ता गरेका छन्। प्रवासमा रहेका नेपालीहरूको हक–हितको संरक्षण, संस्थागत एकता र प्रभावकारी नेतृत्वका लागि आफू चुनावी मैदानमा उत्रिएको उनले बताएका छन्।


लामो समयदेखि प्रवासमा रहेर नेपाली समुदायको सामाजिक तथा संस्थागत गतिविधिमा सक्रिय भूमिका खेल्दै आएका बनियाँले एकताबद्ध, पारदर्शी र परिणाममुखी एनआरएनए निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विश्वभर रहेका नेपालीहरूलाई एउटै साझा अभियानमा जोड्दै संस्थालाई अझ बलियो र प्रभावकारी बनाउने योजना अघि सारेका छन्।


उनले विशेषगरी प्रवासी नेपालीको लगानी, सीप र अनुभवलाई नेपालको विकाससँग जोड्ने, युवा तथा नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने र एनआरएनएलाई विश्वभरका नेपालीहरूको भरोसायोग्य संस्था बनाउने लक्ष्य राखेका छन्।


पूर्ण बनियाँको उम्मेदवारीसँगै एनआरएनए आईसीसीको आगामी निर्वाचनमा प्रतिस्पर्धा अझ रोचक र उत्साहपूर्ण बन्ने अपेक्षा गरिएको छ। प्रवासमा रहेका नेपाली समुदायबाट पनि उनको उम्मेदवारीप्रति सकारात्मक प्रतिक्रिया आइरहेको बताइएको छ।


प्रतिक्रिया