भोट हाल्न ३ दिन मात्रै बाँकी : बैतडी–१ मा चतुर बहादुर चन्दको जीत सुनिश्चितजस्तै
बैतडी–१ मा चुनावी माहोल चरम उत्कर्षमा पुगेको छ। मतदान हुन अब मात्र ३ दिन बाँकी रहँदा नेपाली काँग्रेसका उम्मेदवार चतुर बहादुर चन्द को पक्षमा जनलहर देखिएको छ। समर्थकहरू उत्साहपूर्वक घरदैलो, भेटघाट र प्रचारप्रसारमा जुटिरहेका छन्।
नेपाली काँग्रेसका नेता तथा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षसमेत रहनुभएका चन्दले व्यवस्थापन क्षमता र अन्तर्राष्ट्रिय अनुभवलाई बैतडीको समृद्धिसँग जोड्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ। खेलकुद क्षेत्रबाट अन्तर्राष्ट्रिय पहिचान बनाइसक्नुभएका उहाँ अब बैतडी–१ को समग्र विकासका लागि अग्रसर हुनुभएको बताइन्छ।
स्थानीय मतदाताहरूले शिक्षा, स्वास्थ्य, सडक, कृषि र रोजगारीका क्षेत्रमा ठोस योजना अघि सारेकाले चन्दप्रति विश्वास बढेको प्रतिक्रिया दिएका छन्। चुनाव नजिकिँदै जाँदा उहाँको जीत सुनिश्चितजस्तै देखिएको समर्थकहरूको दाबी छ।
अब निर्णयको घडी नजिकिँदै छ। बैतडी–१ मा विकास र स्थायित्वका पक्षमा मत अभिव्यक्त गर्न मतदाताहरू आतुर देखिन्छन्।