नेपाललाई भारतको थप मानवीय सहयोग, १० टन राहत सामग्री र औषधि पठाइयो

theoutsidenepal.com

नेपाललाई भारतको थप मानवीय सहयोग, १० टन राहत सामग्री र औषधि पठाइयो

काठमाडौं। भारतले नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन १० टन मानवीय सहायता सामग्री तथा अत्यावश्यक औषधि पठाएको जनाएको छ।

भारतका विदेशमन्त्री डा. एस. जयशंकरले सामाजिक सञ्जालमार्फत नेपालमा बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन्।

जयशंकरले बाढीका कारण ज्यान गुमाएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित सबैप्रति ऐक्यबद्धता जनाएका छन्।

उनले चुनौतीपूर्ण अवस्थामा नेपाललाई आवश्यक मानवीय सहयोग उपलब्ध गराउन भारत प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

भारतले पठाएको १० टन मानवीय सहायता र अत्यावश्यक औषधिले बाढी प्रभावित क्षेत्रमा राहत तथा उपचारका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया