चितवनमा हात्तीको आक्रमण: आमा र ४ वर्षीय छोराको दुःखद मृत्यु
चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा शनिबार राति जङ्गली हात्तीको आक्रमणमा परी आमा र छोराको ज्यान गएको छ।
घरमै सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरतको घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि स्थानीयवासी त्रसित बनेका छन्। प्रहरी तथा सम्बन्धित निकाय घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेका छन्। जङ्गली जनावरको बढ्दो आतङ्कका कारण स्थानीयले प्रभावकारी सुरक्षा व्यवस्था र दीर्घकालीन समाधानको माग गरेका छन्।
05 July 2026