उपत्यकामा सुकुम्बासी बस्ती खाली: थापाथलीबाट २२ परिवार सम्पर्कमा, दशरथ रंगशालामा विवरण संकलन

theoutsidenepal.com

उपत्यकामा सुकुम्बासी बस्ती खाली: थापाथलीबाट २२ परिवार सम्पर्कमा, दशरथ रंगशालामा विवरण संकलन


सरकारले शनिबार बिहानदेखि उपत्यकाका मुख्य सुकुम्बासी बस्तीहरू खाली गराउने अभियान तीव्र पारेको छ। यसैक्रममा थापाथली स्थित बागमती नदी आसपासका सुकुम्बासीहरू बिहान ११ बजेसम्म सरकारको सम्पर्कमा आउन थालेका छन्।


दिउँसो १ बजेसम्म २२ परिवारका सदस्यहरू आफू घरवारविहीन भएको जानकारीसहित सरकारी टोलीसँग सम्पर्कमा आएका छन्। उनीहरूले आफ्नो परिवारसम्बन्धी विवरण सम्बन्धित निकायलाई उपलब्ध गराएका छन्।


हाल सरकारी टोलीले दशरथ रंगशाला, त्रिपुरेश्वर मा सुकुम्बासीहरूको विवरण संकलन गरिरहेको छ। विवरण संकलन प्रक्रिया पूरा भएपछि उनीहरूलाई राधास्वामी आश्रम मा स्थानान्तरण गर्ने तयारी गरिएको छ।


सुकुम्बासीहरूको तथ्यांक संकलनका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति (गुहेश्वरीफाँट) र काठमाडौं उपत्यका विकास प्राधिकरण (अनामनगर) सक्रिय रूपमा खटिएका छन्।


सरकारले छुट्टाछुट्टै क्षेत्रका सुकुम्बासीहरूका लागि फरक–फरक डेस्क स्थापना गरी ‘स्क्रिनिङ’ प्रक्रिया अघि बढाएको जनाएको छ। यस अभियानमार्फत वास्तविक सुकुम्बासीको पहिचान र दीर्घकालीन व्यवस्थापनतर्फ सरकार केन्द्रित देखिएको छ।


प्रतिक्रिया