रोड टु UFC सिजन ५ मा रबिन्द्र ढाँटको शानदार जीत

theoutsidenepal.com

रोड टु UFC सिजन ५ मा रबिन्द्र ढाँटको शानदार जीत

नेपाली MMA फाइटर रबिन्द्र ढाँट ले रोड टु UFC सिजन ५ अन्तर्गत आफ्नो पहिलो खेलमा शानदार जीत हासिल गरेका छन्। बझाङका प्रतिभाशाली खेलाडी ढाँटले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उजागर गरेका हुन्।

उनको जितसँगै नेपाली खेलप्रेमीहरूमा उत्साह थपिएको छ भने सामाजिक सञ्जालमा समेत बधाई र शुभकामनाको ओइरो लागेको छ। समर्थकहरूले “बझाङको बाघ” भनेर चिनिने रबिन्द्रलाई छिट्टै विश्वकै प्रतिष्ठित MMA प्रतियोगिता UFC मा देख्न पाइयोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

उनको यो सफलतापछि आगामी खेलहरूमा अझ सशक्त प्रदर्शन गर्ने विश्वास गरिएको छ। नेपाली खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरूले पनि रबिन्द्र ढाँटलाई हार्दिक बधाई दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका छन्। 


प्रतिक्रिया