नेदरल्याण्डका व्यवसायी मिम पूर्ज़ा म्याग्दी मोनाको अध्यक्ष हुन

theoutsidenepal.com

नेदरल्याण्डमा व्यवसाय गर्दै आएका म्याग्दी प्रवासी नेपाली संघ (मोना)का पूर्व बरिष्ठ उपाध्यक्ष मिम पूर्ज़ा आगामी पाँचौं महाधिवेशनमा अध्यक्ष पदमा विजयी भएका छन्।


म्याग्दी सदरमुकाम बेनीमा असोज २८ (अक्टोबर १५) मा सम्पन्न महाधिवेशनमा मिम पूर्ज़ाले स्पष्ट बहुमत पाउँदै अध्यक्ष पदमा सफलता हासिल गरेका हुन्।


विजयी भएका पूर्ज़ाले भने, “मोनाको अभियानलाई अझ सशक्त बनाउन र संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गर्न निरन्तर लाग्ने छु। यो जीत सबै मोना सदस्य र म्याग्दी प्रवासी नेपालीहरूको साझा सफलता हो।”


अध्यक्ष पदमा निर्वाचित भएपछि मिम पूर्ज़ाले मोनालाई सक्रिय बनाउने, प्रवासी नेपाली समुदायमा पहुँच विस्तार गर्ने र संस्थाको दीगो विकासमा अग्रसर हुने प्रतिबद्धता दोहोर्याएका छन्।


उनको नेतृत्वमा मोना अब सक्रिय, समावेशी र विकासमुखी अभियानमा अघि बढ्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया