काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (SEE) आजदेखि देशभर सञ्चालनमा आएको छ। परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूलाई विभिन्न व्यक्ति तथा संघसंस्थाले सफलताको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
यसैक्रममा सामाजिक सञ्जालमार्फत पनि शुभकामनाको ओइरो लागेको छ। “आजबाट सञ्चालन हुन गइरहेको SEE परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई सफलताको हार्दिक शुभकामना” भन्ने सन्देशसहित विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरिएको छ।
शिक्षा क्षेत्रमा महत्वपूर्ण मानिने एसईई परीक्षालाई विद्यार्थीको जीवनको पहिलो ठूलो शैक्षिक उपलब्धिको रूपमा लिने गरिन्छ। यस परीक्षामा देशभरका हजारौं विद्यार्थी सहभागी हुँदैछन्।
सम्बन्धित निकायहरूले परीक्षा शान्त, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको जनाएका छन्। साथै विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गरिएको छ।