डिका कार्की को आह्वान—नेपाली कांग्रेस का उम्मेदवारलाई अत्याधिक बहुमतले जिताउन अपिल

theoutsidenepal.com

काठमाडौं । जनसम्पर्क समिति जापानका सभापति डिका कार्कीले नेपाली कांग्रेसका उम्मेदवारहरूलाई अत्याधिक बहुमतले विजयी गराउन अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मुलुककै सबैभन्दा पुरानो राजनीतिक दल र देशकै नयाँ नेतृत्वसहित अघि बढिरहेको नेपाली कांग्रेसलाई बलियो जनसमर्थन आवश्यक रहेको बताएका छन् ।


उनले “मुलुककै सबैभन्दा पुरानो राजनीतिक दल, अनि देशकै सबैभन्दा नयाँ नेतृत्व सहितको नेपाली कांग्रेसका उम्मेदवारहरूलाई अत्याधिक बहुमतले विजयी गराऔँ, जय नेपाल” भन्दै पार्टी समर्थक र शुभेच्छुकहरूलाई एकजुट हुन आग्रह गरेका छन् ।


कार्कीले विशेष गरी पार्टीका युवा तथा प्रभावशाली नेताहरू गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेतृत्वले देशको राजनीतिमा सकारात्मक परिवर्तनको सन्देश दिएको उल्लेख गर्दै उनीहरूका विचार र योजनालाई जनताले समर्थन गर्नुपर्ने धारणा राखेका छन् ।


विदेशमा रहेर पनि नेपाली राजनीतिप्रति सक्रिय चासो राख्दै आएका कार्कीले लोकतन्त्र सुदृढीकरण, युवाको नेतृत्व विकास र देशको समृद्धिका लागि नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण रहेको भन्दै आगामी निर्वाचनमा व्यापक जनसमर्थन जुट्ने विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया