असारको तेस्रो साताबाट बर्दियामा लालपुर्जा वितरण सुरु, २९ भूमिहीन परिवार बने कानुनी जग्गाधनी

theoutsidenepal.com

असारको तेस्रो साताबाट बर्दियामा लालपुर्जा वितरण सुरु, २९ भूमिहीन परिवार बने कानुनी जग्गाधनी


काठमाडौं, असार १७ — सरकारले भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाउने अभियानअन्तर्गत बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ।


बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवार लाई लालपुर्जा वितरण गरिएको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नभएका यी परिवारले लालपुर्जा पाएसँगै अब कानुनी रूपमा जग्गाधनी बनेका छन्।


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाको स्वामित्व दिलाउने सरकारको अभियानलाई थप प्रभावकारी बनाइनेछ।


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल ले भूमिहीन नागरिकको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै बर्दियाबाट सुरु भएको लालपुर्जा वितरण अभियान क्रमशः देशभर विस्तार गरिने जानकारी दिइन्। उनका अनुसार वास्तविक भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाधनी बनाउने लक्ष्यसहित सरकारले अभियानलाई तीव्रता दिनेछ।

प्रतिक्रिया