धनगढी। सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा ई. प्रकाश बिष्ट प्रदेश सभापति पदमा निर्वाचित हुनुभएको छ।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार बिष्टले ३५८ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी जनक सिंह धामी लाई २०४ मतान्तरले पराजित गर्नुभएको हो। धामीले १५४ मत प्राप्त गर्नुभएको थियो।
निर्वाचन परिणामसँगै सुदूरपश्चिम प्रदेशको नेतृत्व अब ई. प्रकाश बिष्टको काँधमा आएको छ। अधिवेशनमा सहभागी प्रतिनिधिहरूले बिष्टप्रति विश्वास व्यक्त गर्दै प्रदेश संगठनलाई थप सशक्त, प्रभावकारी र जनमुखी बनाउने अपेक्षा गरेका छन्।
नवनिर्वाचित सभापति बिष्टलाई विभिन्न राजनीतिक, सामाजिक तथा नागरिक क्षेत्रका व्यक्तिहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। समर्थकहरूले उनको नेतृत्वमा प्रदेश संगठन अझ मजबुत र क्रियाशील बन्ने विश्वास व्यक्त गरेका छन्।
निर्वाचनमा प्राप्त स्पष्ट जनादेशले प्रदेशभित्र बिष्टको नेतृत्वप्रतिको विश्वास र लोकप्रियता झल्काएको विश्लेषण गरिएको छ। नवनिर्वाचित सभापति बिष्टले सबै पक्षलाई साथमा लिएर संगठनलाई एकताबद्ध र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।