काठमाडौं — नेपाली कांग्रेसका युवा नेता लोकनाथ अधिकारीले भ्रष्टाचारविरुद्ध कडा अभिव्यक्ति दिएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफूले भ्रष्टाचार नगर्ने मात्र होइन, अरूलाई पनि गर्न नदिने स्पष्ट पारेका छन्।
अधिकारीले लेखेका छन्, “म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न, भ्रष्टाचारीको मुख हेर्दिन, मुलुकमा सुशासन कायम गर्छु” भन्ने कुरा पटक–पटक सुनिएको भए पनि वास्तविकतामा सरकारी तथा निजी दुवै क्षेत्रमा कहाँ–कहाँ भ्रष्टाचार भएको छ भन्ने सबैलाई थाहा भएको उल्लेख गरेका छन्।
उनका अनुसार कुनै समय निष्पक्ष र गहिरो छानबिन भएमा भ्रष्टाचार जरा देखी टुप्पो सम्म उजागर हुने निश्चित छ। तर त्यो निर्णायक समय कहिले आउँछ भन्ने कुरा अहिले जनताको प्रतिक्षाको विषय बनेको उनको भनाइ छ।
युवा नेता अधिकारीको यो धारणा सुशासन, पारदर्शिता र जवाफदेहिताको मागसँग जोडिएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ।