संविधान संशोधनबारे पूर्वप्रधानमन्त्री भट्टराईसँग कार्यदलको छलफल

theoutsidenepal.com

संविधान संशोधनबारे पूर्वप्रधानमन्त्री भट्टराईसँग कार्यदलको छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले पूर्वप्रधानमन्त्री Baburam Bhattaraiसँग छलफल गरेको छ।


संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्ने क्रममा कार्यदलले बिहीबार भट्टराईको निवासमा पुगेर सुझाव तथा धारणा संकलन गरेको हो। छलफलमा संविधानको कार्यान्वयन, आवश्यक सुधारका क्षेत्र तथा भावी संशोधनका सम्भावित विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।


कार्यदलका संयोजक असिम शाहसहितको टोलीले विभिन्न राजनीतिक व्यक्तित्व, विज्ञ तथा सरोकारवालासँग परामर्शलाई निरन्तरता दिइरहेको छ। संविधान संशोधनसम्बन्धी बहसलाई व्यापक बनाउने उद्देश्यले यस्तो छलफल आयोजना गरिएको बताइएको छ।


कार्यदलले प्राप्त सुझावहरूलाई समेटेर संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्ने तयारी गरेको छ।


प्रतिक्रिया