काठमाडौं — नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका वास्तविक सुकुम्बासीहरूले स्वेच्छाले आफ्नो बस्ती छाड्दै महानगरको व्यवस्थापन अभियानलाई साथ दिएका छन्।देश कै शक्तिशाली प्रधानमंत्री बालेन शाह नेतृत्वको सरकारले सुरु गरेको अभियानअन्तर्गत प्रभावित परिवारहरूले सुरक्षित स्थानतर्फ सर्ने प्रक्रियामा सहकार्य देखाएका हुन्।
स्थानीयका अनुसार वर्षौँदेखि बाढी, डुबान र असुरक्षाको जोखिम झेल्दै आएका बासिन्दाले यसपटक दीर्घकालीन समाधानको अपेक्षासहित बस्ती खाली गरेका हुन्। “हामीले दुःख पाएका छौँ, अब सुरक्षित ठाउँमा बस्न पाइयोस् भन्ने चाहना हो,” एक स्थानीयले बताएका छन्।
नेपाल सरकारले अस्थायी आवास, राहत तथा दीर्घकालीन पुनर्वास योजना अघि बढाउने जनाएको छ। यससँगै वास्तविक सुकुम्बासी पहिचान गरी व्यवस्थित बसोबासको व्यवस्था गर्ने तयारी भइरहेको बताइएको छ।
यद्यपि केही स्थानमा विरोधका स्वर पनि सुनिए पनि अधिकांश वास्तविक सुकुम्बासीले सहयोगात्मक भूमिका खेलेको नेपाल सरकारको दाबी छ। अभियानलाई प्रभावकारी बनाउन प्रशासन, प्रहरी र स्थानीय समुदायबीच समन्वय बढाइएको छ।