प्रधानमन्त्री बालेन्द्र शाहको शपथ समारोह सनातन र सांस्कृतिक आस्थाले गुञ्जिने

theoutsidenepal.com

काठमाडौँ – भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेका बालेन्द्र शाह (बालेन) को शपथ ग्रहण समारोहलाई भव्य, ऐतिहासिक र धार्मिक आस्थाले भरिपूर्ण बनाउने तयारी भएको दाबी गरिएको छ।


समारोहमा १०८ बटुकहरूद्वारा स्वस्ति–शान्ति वाचन, १०७ बौद्ध लामा गुरुहरूबाट मंगलवाचन तथा ७ ब्राह्मणद्वारा शंखनाद गरिने बताइएको छ। यसले सिंगो कार्यक्रमलाई सनातन परम्परा र आध्यात्मिक ऊर्जाले गुन्जायमान बनाउने विश्वास गरिएको छ।


सामाजिक सञ्जालमा फैलिएको यस विवरणअनुसार, शपथ समारोह केवल राजनीतिक कार्यक्रम नभई सांस्कृतिक एकताको प्रतीकका रूपमा प्रस्तुत गरिने उल्लेख छ। “धर्ममा राजनीति होइन, आस्थामा सम्मान” भन्ने सन्देशसहित सबै धर्म, संस्कार र परम्पराको कदर गर्ने भाव व्यक्त गरिएको छ।


यद्यपि, यस्ता विवरणहरू आधिकारिक रूपमा पुष्टि भइसकेका छैनन् र केही दाबीहरू बढाईचढाई भएको हुन सक्ने विश्लेषकहरूको भनाइ छ।


प्रतिक्रिया