काठमाडौं । सिंहदरबारको पूर्वी गेटमा नायिका, वरिष्ठ समाजसेवी, प्राइम टिभीकी निर्देशक तथा सफल व्यवसायी एलिजा गौतम द्वारा सञ्चालित नयाँ ‘स्टार बोस कफी हाउस’ भव्य रूपमा उद्घाटन गरिएको छ। राजधानीको मुटुमा खुलेको यस कफी हाउसले छोटो समयमै विशेष चर्चा बटुल्न सफल भएको छ।
स्टार बोस फ्यामिलीको आयोजनामा सम्पन्न उद्घाटन कार्यक्रममा वरिष्ठ पत्रकार ऋषि धमला लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले एलिजा गौतमको दूरदर्शी सोच, नेतृत्व क्षमता र व्यवसायिक यात्राको खुलेर प्रशंसा गरेका थिए।
एलिजा गौतमलाई एक डायनैमिक, आत्मविश्वासी र बहुआयामिक महिलाको रूपमा चित्रित गर्दै वक्ताहरूले उहाँको नयाँ प्रयासले नेपाली महिला उद्यमशीलताको क्षेत्रमा थप ऊर्जा र प्रेरणा दिएको बताएका थिए। सञ्चार, कला र समाजसेवामा सक्रिय भूमिका निभाउँदै आउनुभएकी गौतमले अब व्यवसाय क्षेत्रमा पनि बलियो उपस्थिति देखाउनुभएको छ।
‘स्टार बोस कफी हाउस’ केवल कफी पिउने स्थल मात्र नभई सिर्जनात्मक भेटघाट, नेटवर्किङ र सकारात्मक ऊर्जाको केन्द्र बन्ने अपेक्षा गरिएको छ। आधुनिक डिजाइन, उत्कृष्ट सेवा र आकर्षक वातावरणले यसलाई राजधानीकै चर्चित गन्तव्य बनाउने विश्वास लिइएको छ।
कार्यक्रममा सहभागीहरूले एलिजा गौतमलाई नयाँ सफलताको उचाइ चुम्ने शुभकामना दिँदै ‘स्टार बोस कफी हाउस’लाई उज्ज्वल भविष्यको कामना गरेका थिए।