Suhang Nembang ले Ilam–२ का उम्मेदवारको हैसियतमा इलाम सदरमुकामस्थित Mahendra Ratna Multiple Campus को ‘ग’ मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्नुभएको छ। उहाँले बिहीबार बिहान मतदान गर्नुभएको हो।
२०८१ को उपनिर्वाचनमा पनि इलाम–२ बाट निर्वाचित हुनुभएका नेम्वाङ यसपटकको निर्वाचनमा पुनः इलाम–२ बाट उम्मेदवार बन्नुभएको हो।
मतदानपछि नेम्वाङले इलामको विकासका लागि शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर अत्यन्तै आवश्यक रहेको बताउनुभयो। साथै यी क्षेत्रलाई प्रभावकारी रूपमा जोड्नका लागि अधुरा रहेका सडक पूर्वाधारका कामहरू छिटो सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
05 March 2026