धादिङ–पोखरा जनसम्पर्क मञ्च कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण तथा धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार परिचयात्मक कार्यक्रम पोखरामा सम्पन्न भएको छ।
कार्यक्रममा धादिङ क्षेत्र नम्बर २ बाट बसोबास गर्दै आएका युवाहरूलाई लक्षित गर्दै चुनावी कमाण्डर नवराज गाउली (एनजी) ले भलाकुसारी गरेका छन्। उनले कार्यक्रममा उपस्थित युवा नेताहरूसँग प्रत्यक्ष संवाद गर्दै आगामी निर्वाचनका लागि सक्रिय भूमिका खेल्नुपर्ने विषयमा चर्चा गरेका छन्।
नवराज गाउलीले भन्छन्, “हामी सबैले एकजुट भएर आफ्नो क्षेत्रको विकास र सही प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ। युवा शक्ति नै हाम्रो मुख्य स्रोत हो र हामी यसलाई सदुपयोग गर्न तयार छौँ।”
कार्यक्रममा सहभागी युवाहरूले पनि उत्साहजनक सहभागिता जनाउँदै आफ्नो अनुभव र सुझाव साझा गरेका छन्। आयोजकहरूले आगामी दिनमा पनि यस किसिमका भेटघाट र प्रशिक्षणहरू निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।