दक्षिण कोरियाका राजदूतलाई Binod Corp अन्तर्गत उद्योगहरूमा स्वागत

theoutsidenepal.com

काठमाडौँ – युवा व्यवसायी विनोद कुँवर, जो एनआरएनए आईसीसी का पूर्व अध्यक्ष पनि हुन्, ले आज दक्षिण कोरियाका महामहिम राजदूत Park Tae-young लाई Binod Corp अन्तर्गतका उद्योगहरूमा स्वागत गर्दै आफ्नो गौरव व्यक्त गर्नुभयो।


अवलोकन भ्रमणको क्रममा कम्पनीका प्रबन्ध निर्देशक गंगा खतिवडा ज्यूले NK Cosmetics (ORA Korea) को उत्पादन प्रक्रिया, गुणस्तर, र भविष्यका निर्यात योजनाहरूबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो।


राजदूतले कोरियाली प्रविधि र गुणस्तरलाई नेपाली माटोमा उतार्दै दक्षिण एसियाली बजारसम्म उत्पादन पुर्‍याउने योजनामा देखाउनुभएको चासो र सहकार्यको प्रतिबद्धता अत्यन्तै सराहनीय भएको विनोद कुँवरले बताउनुभयो।


साथै, कोरियाबाट सीप सिकेर फर्किएका जनशक्तिलाई स्वदेशमै रोजगारी र उत्पादनमा जोड्ने अभियानमा राजदूतावासको पूर्ण समर्थन रहने विश्वास दिलाइएकोमा विनोद कुँवरले महामहिम प्रति हार्दिक आभार व्यक्त गर्नुभयो।


विनोद कुँवरको नेतृत्व र दूरदर्शिताले Binod Corp लाई मात्र नभएर समग्र युवा उद्यमशीलता र राष्ट्रिय उत्पादन प्रवर्द्धनमा पनि नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया