स्मार्ट सेल सम्पत्ति प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ

theoutsidenepal.com


स्मार्ट सेल सम्पत्ति प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ



नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ज्योति प्रकाश पाण्डे लाई पक्राउ गरेको छ।


सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्क क्षेत्रबाट वैशाख २९ गते राति करिब ८ बजे उनलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ। पक्राउपछि आवश्यक अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याइएको छ।


सीईओ पाण्डेमाथि Smart Cell को सम्पत्ति गैरकानुनी रूपमा लिलामी प्रक्रियामा संलग्न भई ठगी गरेको गम्भीर आरोप लागेको छ।


काठमाडौंको रक्तकाली स्थायी ठेगाना भई हाल ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिता बमोजिम ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठ ले जानकारी दिएका छन्।


प्रतिक्रिया