अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरको नेपाल भ्रमण फलदायी: दूतावास

theoutsidenepal.com

द टन न्युज, काठमाडौँ — अमेरिकाका सहायक विदेशमन्त्री समीर पल कपुरको नेपाल भ्रमण फलदायी रहेको अमेरिकी दूतावासले जनाएको छ। भ्रमणका क्रममा कपुरले विभिन्न उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन्।


कपुरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए। ती भेटवार्तामा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने, आर्थिक तथा व्यावसायिक सहकार्य विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको दूतावासले जनाएको छ।


दूतावासका अनुसार, भेटमा आपसी साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने, लगानी, व्यापार तथा विकास सहयोगका क्षेत्रहरूमा सहकार्य बढाउने विषयमा सहमति खोजिएको थियो। साथै, लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन र आर्थिक सुधारका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने विषयमा पनि जोड दिइएको थियो।


अमेरिकी पक्षले नेपालमा भइरहेका सुधारका प्रयासहरूलाई सकारात्मक रूपमा लिएको र आगामी दिनमा सहकार्य अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।


कपुरको यस भ्रमणलाई नेपाल–अमेरिका सम्बन्धलाई थप उचाइमा पुर्‍याउने अवसरका रूपमा हेरिएको छ।


प्रतिक्रिया