रास्वपा सभापति रवि लामिछानेसँग युवा व्यवसायी केशव अधिकारीको महत्वपूर्ण भेट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग युवा व्यवसायी तथा रास्वपाका संस्थापक नेतामध्येका एक केशव अधिकारीले महत्वपूर्ण भेटघाट गरेका छन्।
भेटका क्रममा समसामयिक राजनीतिक अवस्था, उद्यमशीलता, युवाको भूमिका तथा देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदानलगायत विषयमा छलफल भएको बताइएको छ।
केशव अधिकारी हाल जापानमा होटल व्यवसाय सञ्चालन गर्दै आएका सफल नेपाली व्यवसायी हुन्। उनले नेपालमा समेत विभिन्न क्षेत्रमा लगानी गर्दै धेरै युवालाई रोजगारी उपलब्ध गराएका छन्।
व्यवसायसँगै सामाजिक तथा राजनीतिक क्षेत्रमा पनि सक्रिय अधिकारीलाई कुशल र दूरदर्शी युवा उद्यमीका रूपमा चिनिन्छ। रास्वपाका संस्थापक नेतामध्ये एक रहेका उनले राजनीतिमा नयाँ सोच, नयाँ ऊर्जा र सकारात्मक परिवर्तन ल्याउने अभियानमा महत्वपूर्ण भूमिका खेल्दै आएको चर्चा हुने गरेको छ।
यस भेटलाई आगामी दिनमा युवा सहभागिता, उद्यमशीलता र सुशासनका विषयमा थप सहकार्यको संकेतका रूपमा समेत हेरिएको छ।