युवा सम्मेलनको सफलतापछि नयाँ जिम्मेवारीतर्फ आरोहण — भविन्द्र बस्नेत एशिया–प्रशान्त उप संयोजकमा सक्रिय

theoutsidenepal.com

द टन न्युज ,काठमाडौं। “मिलाप, सङ्गम तथा दोस्रो विश्व युवा सम्मेलन (Empowering the Youth, Shaping the PNO’s Future)” को उल्लेखनीय सफलतापछि एशिया–प्रशान्त क्षेत्रीय तहमा नयाँ ऊर्जा थपिएको छ। सोही सन्दर्भमा एनआरएनए आईसीसी एशिया–प्रशान्त स्तरीय उप संयोजक भविन्द्र बस्नेत ले आगामी यात्रालाई “आरोहण” को संज्ञा दिँदै अझ सशक्त ढंगले अघि बढ्ने संकेत दिएका छन्।


बस्नेतले सामाजिक सञ्जालमार्फत सम्मेलनको सफलताप्रति खुशी व्यक्त गर्दै यसले युवाहरूबीच सहकार्य, नेतृत्व विकास र विश्वव्यापी सञ्जाल विस्तारमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। उनका अनुसार, सम्मेलनले युवाहरूलाई नीतिगत तहमा सहभागी गराउँदै भविष्य निर्माणमा सक्रिय भूमिका खेल्ने वातावरण सिर्जना गरेको छ।


उनले अबको चरणमा एशिया–प्रशान्त क्षेत्रका युवाहरूलाई एकीकृत गर्दै संगठनलाई अझ प्रभावकारी बनाउने लक्ष्य रहेको उल्लेख गरेका छन्। “आरोहण” भन्ने सन्देशमार्फत उनले आगामी दिनमा थप जिम्मेवारी, सक्रियता र परिणाममुखी कार्ययोजनाका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।


युवा सम्मेलनको सफलतासँगै नेतृत्व तहमा आएको यो नयाँ उत्साहले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा युवाहरूको भूमिका अझ सुदृढ हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया