मोरङ–३ मा डा. सुनिल शर्माको जित सुनिश्चित? सर्वेक्षण र गोप्य सहमतिले बढायो चर्चा
बेलबारी, मोरङ — मोरङ क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार डॉ. सुनिल शर्मा को जित सुनिश्चित देखिएको दाबी गरिएको छ। सुरु देखिनै ‘हेभीवेट’ उम्मेदवारका रूपमा हेरिएका शर्माको पक्षमा मतदाताको झुकाव बलियो बन्दै गएको विभिन्न अध्ययन तथा सर्वेक्षणले संकेत गरेको बताइएको छ।
क्षेत्रअन्तर्गत पर्ने बेलबारी, पथरी**, कानेपोखरी** र सुन्दरहरैचा** का झण्डै १० हजारभन्दा बढी मतदातासँग गरिएको प्रत्यक्ष संवादमा ७० प्रतिशतभन्दा बढीले शर्मालाई भोट दिने प्रतिबद्धता जनाएको दाबी गरिएको छ। सर्वेक्षणअनुसार उनले ६५ देखि ७० हजार मत प्राप्त गर्ने प्रक्षेपण गरिएको छ।
मतदाताको तर्क: “सुख–दुःखमा साथ दिने उम्मेदवार”
स्थानीय मतदाताहरूले सुख–दुःखमा साथ दिने, क्षेत्रको शिक्षा, स्वास्थ्य र भौतिक विकासमा सक्रिय पहल गरेको उम्मेदवारलाई छाडेर अन्यलाई मत नदिने तर्क अघि सारेका छन्।
यसैबीच, अन्य दलका केही उम्मेदवारहरूले सार्वजनिक रूपमा आफ्नो अभियान चलाए पनि आन्तरिक रूपमा शर्मालाई सहयोग गर्ने र आफ्ना समर्थकलाई समेत उनलाई मत दिन निर्देशन दिने गोप्य सहमति भएको चर्चा चलिरहेको छ।
अघिल्लो जित र विकास एजेन्डा
शर्मा यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दोब्बर मतान्तरले विजयी भएका थिए। निर्वाचित भएपछि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका विषयमा स्पष्ट धारणा र निरन्तर आवाज उठाउँदै आएका कारण उनको प्रभाव थप सुदृढ बनेको विश्लेषण गरिएको छ।
पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज स्थापनाको पहल, करोडौंका विकास योजना, तथा निजी क्षेत्रबाट स्वास्थ्य सेवामा विशेष छुट जस्ता कार्यक्रमका कारण पनि मतदाताको आकर्षण बढेको देखिन्छ।
उनले हालसम्म राज्यकोषबाट तलब–भत्ता नलिएको दाबी गर्दै निजी स्तरबाटै हजारौं नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराएको र आफ्नै क्षेत्रका नागरिकलाई विशेष सहुलियत दिएको विषय पनि चुनावी एजेन्डाको केन्द्रमा छ।
कुल मतदाता संख्या
मोरङ–३ मा कुल १ लाख ५७ हजार ५८ जना मतदाता रहेका छन्। विभिन्न सर्वेक्षण, दलहरूबीचका आन्तरिक समझदारी र उम्मेदवारको व्यक्तिगत प्रभावका आधारमा शर्माको जित लगभग सुनिश्चित भएको दाबी गरिँदै आएको छ।
अब मत परिणामले यी दाबीहरू कति सत्य सावित गर्छन् भन्ने चासोका साथ मतदाता र राजनीतिक वृत्तले पर्खाइ गरिरहेका छन्।