एफएनसीसीआईको ६०औं महाधिवेशन : पीताम्बर जोशीलाई अत्यधिक मतसहित विजयी गराउन अपिल

theoutsidenepal.com

आगामी चैत २९ र ३० गते काठमाडौँ मा आयोजना हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघ को ६०औं महाधिवेशनलाई लक्षित गर्दै सुदूरपश्चिमबाट एक सशक्त आवाज उठेको छ। कञ्चनपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष पीताम्बर जोशीलाई (भूगोलतर्फ) केन्द्रीय सदस्य पदमा अत्यधिक मतका साथ विजयी गराउन व्यापक समर्थनको अपिल गरिएको हो।


व्यवसायिक नेतृत्व, अनुभव र सुदूरपश्चिमको आर्थिक विकासमा पुर्‍याएको योगदानका कारण जोशीलाई एक सक्षम, प्रतिबद्ध र दूरदर्शी उम्मेदवारका रूपमा हेरिएको छ। उद्योग–व्यापार क्षेत्रको हकहितमा निरन्तर सक्रिय रहँदै आएका उनी सुदूरपश्चिमका व्यवसायीहरूको साझा आवाज बनेका छन्।


स्थानीयदेखि राष्ट्रिय तहसम्म व्यवसायिक वातावरण सुधार, लगानीमैत्री नीति निर्माण तथा निजी क्षेत्रको सशक्त प्रतिनिधित्वका लागि जोशीको नेतृत्व आवश्यक रहेको समर्थकहरूको भनाइ छ। उनी केन्द्रीय सदस्यमा निर्वाचित भएमा सुदूरपश्चिमको सम्भावना उजागर गर्न, क्षेत्रीय सन्तुलन कायम गर्न र समग्र निजी क्षेत्रको उत्थानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।


उक्त महाधिवेशनमा देशभरका उद्योगी–व्यवसायीहरूको सहभागिता रहनेछ भने नेतृत्व चयनका लागि प्रतिस्पर्धा पनि निकै रोचक हुने अपेक्षा गरिएको छ।


यसैबीच, सुदूरपश्चिम प्रदेशका व्यवसायी तथा प्रतिनिधिहरूलाई एकताबद्ध भई पीताम्बर जोशीलाई अत्यधिक मतसहित विजयी गराउन हार्दिक अपिल गरिएको छ।


प्रतिक्रिया