रसुवा बाढीपीडितका लागि वरिष्ठ समाजसेवी यम तमुको ५० हजार सहयोग

theoutsidenepal.com

रसुवा बाढीपीडितका लागि वरिष्ठ समाजसेवी यम तमुको ५० हजार सहयोग

रसुवा लगायतका क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि वरिष्ठ समाजसेवी यम तमुले ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

तमुले बाढीपहिरो पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको बताएका छन्।


विपद्को यस कठिन घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो तर्फबाट सानो भए पनि सहयोग गरेको उल्लेख गर्दै तमुले सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन्।

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ। 

यम तमुको सहयोगी भावनाले विपद्मा मानवीय साथ र सामाजिक उत्तरदायित्वको सन्देश दिएको छ।


प्रतिक्रिया