मधेशमा बढ्दो सुरक्षा चुनौती: एआइजी उमा प्रसाद चतुर्वेदीलाई समन्वयको जिम्मेवारी

theoutsidenepal.com

मधेश प्रदेशमा सुरक्षा चुनौती बढ्दै गएको निष्कर्षसहित केन्द्रीय सुरक्षा समितिको शनिबार बसेको बैठकले विशेष सतर्कता अपनाउने निर्णय गरेको छ। बैठकपछि गृह मन्त्रालयले मधेशमा सुरक्षा समन्वयको जिम्मेवारी एआइजी उमा प्रसाद चतुर्वेदी लाई दिने निर्णय गरेको हो।


निर्णयअनुसार चतुर्वेदीले चुनाव अवधिभर सुरक्षा संयन्त्रहरूबीच प्रभावकारी समन्वय गर्ने, आवश्यक सूचना संकलन गर्ने तथा प्राप्त सूचनाका आधारमा रणनीति निर्माण गरी कार्यान्वयन गर्ने जिम्मेवारी पाएका छन्।


सुरक्षा स्रोतका अनुसार मधेशका संवेदनशील क्षेत्रहरूमा निगरानी बढाइनेछ भने स्थानीय प्रशासन, प्रहरी तथा अन्य सुरक्षा निकायबीच समन्वयलाई थप सुदृढ गरिनेछ।


मधेशको भू–राजनीतिक तथा सामाजिक अवस्थालाई राम्रोसँग बुझेका अनुभवी सुरक्षा अधिकारीका रूपमा चिनिएका चतुर्वेदीको नेतृत्वमा सुरक्षा व्यवस्थापन प्रभावकारी हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया