एनआरएनए अमेरिका को जुम बैठकमा सांसद ज्ञानेन्द्र शाहीको एनआरएनए नागरिकता बारे स्पष्ट धारणा : “तितो सत्य सुन्नैपर्छ”

theoutsidenepal.com

ज्ञानेन्द्र शाही ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसदको हैसियतमा एनआरएनए एनसीसी अमेरिका को जुम बैठकमा सम्बोधन गर्दै गैरआवासीय नेपाली र नेपाल सरकार दुवैप्रति स्पष्ट र कडा धारणा राखेका छन्।उनले नागरिकता को विषयमा आफ्नो अनुभव सेयर गरेका छन् । 

शाही ले नेपाल मा अहिले २ तिहाई नजीक को सरकार रास्वपा को भएको स्पष्ट पार्दै एनआरएनए ले नागरिकता पाउने आधार बलियो भएपनि सरकार ले चासो देखाउनु पर्ने धारणा राख्दै विगत लाई स्पष्ट रुपले सम्झाई दिएका छन् । 


उनले बैठकमा व्यक्त गरेका विचारहरूलाई “तितो सत्य” भन्दै, यथार्थ बोल्न डराउन नहुने बताएका छन्। उनका अनुसार विदेशमा रहेका नेपालीहरूले भोगिरहेका समस्या, राज्यको कमजोर समन्वय र नीतिगत अस्पष्टताका कारण समाधान हुन नसकेको बताएका छन्।


शाहीले विशेषगरी एनआरएनएभित्र देखिएका विवाद, एकताको अभाव र प्रभावकारी कामको कमीप्रति चिन्ता व्यक्त गरे। उनले प्रवासी नेपालीको शक्ति र सम्भावनालाई एकताबद्ध रूपमा प्रयोग गर्न नसक्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरे।


उनको भनाइमा, नेपाल सरकार र एनआरएनएबीचको सम्बन्ध अझ प्रभावकारी, उत्तरदायी र परिणाममुखी हुन आवश्यक छ। “समस्या लुकाएर होइन, खुलेर छलफल गरेर मात्र समाधान सम्भव हुन्छ,” उनले जोड दिए।


उक्त जुम बैठकमा सहभागीहरूले शाहीको अभिव्यक्तिलाई स्पष्ट, यथार्थपरक र सन्देशमूलक रूपमा लिएको प्रतिक्रिया दिएका छन्। विशेषगरी नीतिगत सुधार, पारदर्शिता र प्रवासी नेपालीको अधिकार संरक्षणका विषयमा उनले उठाएका मुद्दाहरूले व्यापक बहसको सुरुवात गरेको बताइएको छ।


सम्बोधनको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि यसबारे व्यापक चर्चा सुरु भएको छ। धेरैले यसलाई एनआरएनए र नेपाल सरकारका लागि आत्मसमीक्षाको अवसरका रूपमा लिएका छन्।


प्रतिक्रिया