नव वर्ष २०८३: रोविन शेरचनद्वारा शुभकामना सन्देश

theoutsidenepal.com

नव वर्ष २०८३: रोविन शेरचनद्वारा शुभकामना सन्देश


नव वर्ष २०८३ को पावन अवसरमा गैरआवासीय नेपाली संघ (NRNA-ICC) का वरिष्ठ उपाध्यक्ष रोविन शेरचनले देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।


उहाँले नयाँ वर्षले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै आपसी एकता, सद्भाव र सहकार्य अझ सुदृढ होस् भन्ने अपेक्षा व्यक्त गर्नुभयो।


शुभकामना सन्देशमार्फत शेरचनले विश्वभर छरिएर रहेका नेपालीहरूलाई मातृभूमिप्रति थप समर्पित हुँदै राष्ट्र निर्माणमा योगदान पुर्‍याउन पनि आह्वान गर्नुभएको छ।


प्रतिक्रिया