नेपाली र नेपाली जोड्ने अभियानमा विष्णु प्रसाद घिमिरेको सक्रिय भूमिका
गोन्जाउ, चीन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रभावशाली नेता एवं व्यवसायी विष्णु प्रसाद घिमिरे नेपाली र नेपालीलाई जोड्ने अभियानमा निरन्तर सक्रिय देखिएका छन्।
एनआरएनएको अभियान र गतिविधिमा लामो समयदेखि नैतिक, भौतिक तथा आर्थिक रूपमा योगदान गर्दै आएका घिमिरेले चीनको गोन्जाउमा सम्पन्न एनआरएनए एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनमा समेत सहभागिता जनाउँदै संस्थागत अभियानप्रति आफ्नो प्रतिबद्धता प्रस्तुत गरेका छन्।
प्रवासमा रहेका नेपालीलाई एकताबद्ध गर्दै उनीहरूको ज्ञान, सीप, अनुभव, लगानी र सम्भावनालाई नेपालको विकाससँग जोड्नुपर्ने मान्यताका साथ घिमिरे विभिन्न सामाजिक तथा संस्थागत गतिविधिमा सक्रिय रहँदै आएका छन्।
एनआरएनएका अभियानहरूमा उनको योगदान केवल औपचारिक सहभागितामा सीमित नभई आवश्यक पर्दा नैतिक, भौतिक तथा आर्थिक सहयोगमार्फत समेत रहने गरेको सहकर्मीहरूको भनाइ छ। नेपाली समुदायबीच सहकार्य, एकता र आपसी सम्बन्ध विस्तार गर्न उनले निरन्तर भूमिका निर्वाह गर्दै आएका छन्।
गोन्जाउ सम्मेलनमा उनको सहभागिताले पनि प्रवासी नेपालीबीचको सम्बन्ध थप सुदृढ बनाउने तथा नेपाल र नेपालीलाई विश्वभर जोड्ने अभियानमा उनको निरन्तर प्रतिबद्धता देखाएको छ।
घिमिरेको कार्यशैलीको अर्को विशेषता भनेको ‘कम बोल्ने, काम बढी गर्ने’ मान्यता हो। प्रचारभन्दा कामलाई प्राथमिकता दिने उनी एनआरएनएका विभिन्न अभियानमा पर्दापछाडिबाट समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताइन्छ।
एनआरएनएलाई प्रवासी नेपालीको साझा संस्था बनाउँदै नेपाली समुदायको हित, एकता र सहकार्यलाई अघि बढाउन घिमिरेजस्ता सक्रिय व्यवसायी तथा अभियन्ताको भूमिका महत्वपूर्ण हुने देखिन्छ।
चीनको गोन्जाउमा भएको सम्मेलनले पनि विश्वभर रहेका नेपालीबीचको सम्बन्ध विस्तार, लगानी तथा सहकार्यका नयाँ सम्भावना खोज्ने अवसर प्रदान गरेको छ। यस अभियानमा घिमिरेको सक्रिय सहभागिताले नेपाली र नेपाली जोड्ने यात्रालाई थप बल पुगेको छ।