चितवन, प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा चितवन–२ मा चुनावी माहोल थप तातिएको छ। नेपाली कांग्रेसकी उम्मेदवार मिना कुमारी खरेलको पक्षमा घरदैलो, टोलभेला तथा मतदाता भेटघाट कार्यक्रमहरू उत्साहजनक रूपमा अगाडि बढिरहेका छन्। समर्थकहरूले “रुख चिन्हमा मतदान गरौं, मीनालाई अत्यधिक मतले विजयी गराऔं” भन्ने नारासहित अभियानलाई तीव्र बनाएका छन्।
खरेलले आफू चितवन–२ अन्तर्गतका सबै २८ वटै वडाका स्थानीय समस्या, आवश्यकताहरू र सम्भावनासँग प्रत्यक्ष रूपमा जानकार रहेको बताएकी छन्। उनले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई अहिलेको प्रमुख आवश्यकता ठहर गर्दै भनिन्,
“दुई पटकसम्म निर्वाचन जितेका सांसदबाट क्षेत्रले अपेक्षित विकास बजेट पाउन सकेन। स्थानीयवासी निराश छन्। म संसदमा कानून निर्माणसँगै स्थानीय विकासका योजनाहरूलाई समन्वय गरेर कार्यान्वयनमा लैजान प्रतिबद्ध छु।”
उनको भनाइमा जनप्रतिनिधि केवल संसदभित्र सीमित नभई आफ्नो क्षेत्रको समग्र विकासका लागि सक्रिय समन्वयकारी भूमिका खेल्नुपर्ने समय आएको छ
खरेलले आफ्नो उम्मेदवारीपछि नेपाली कांग्रेसका क्रियाशील सदस्य मात्र नभई विगतमा निष्क्रिय रहेका कार्यकर्ताहरू समेत पुनःसक्रिय भएको दाबी गरिन्। आफ्नै चुनाव चिन्ह “रुख” मा मतदान गर्ने स्पष्ट वातावरण बनेकाले यसपटक मतान्तर कम गराउँदै विजय हासिल हुनेमा उनी विश्वस्त देखिन्छिन्। चितवन–२ बाट निर्वाचित पूर्वसांसद रवि लामिछाने ले जनअपेक्षा अनुरूप काम गर्न नसकेको आरोप लगाउँदै खरेलले भनिन् कि नागरिकमा देखिएको उत्साह र आशा सम्बोधन हुन नसक्दा धेरै नेता–कार्यकर्ता आ-आफ्नो पार्टीमा फर्किएका छन्। यही परिवेशले आफूलाई बलियो आधार दिएको उनको भनाइ छ।“जान्ने र छान्ने समय”आफू इमानदार, क्षेत्रका हरेक विषयमा जानकार र विकासप्रति प्रतिबद्ध उम्मेदवार भएको उल्लेख गर्दै खरेलले मतदातालाई सचेत निर्णय गर्न आग्रह गरिन्।“अब जान्ने र छान्ने समय आएको छ। चितवन–२ को भविष्य सुरक्षित, समृद्ध र व्यवस्थित बनाउन सही प्रतिनिधि रोज्नुपर्छ,” उनले भनिन्। घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाहरूले शिक्षा पूर्वाधार सुधार, स्वास्थ्य सेवा विस्तार, वृद्ध–वृद्धा तथा विपन्न वर्गका लागि सामाजिक सुरक्षामा वृद्धि जस्ता मुद्दामा स्पष्ट कार्ययोजना माग गरिरहेका छन्। खरेलले ती मागहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
चुनावी माहोल दिनप्रतिदिन थप उत्साहित बन्दै जाँदा चितवन–२ मा यसपटकको प्रतिस्पर्धा रोचक र निर्णायक हुने देखिएको छ। रुख चिन्हमा मतदान गरी मिना कुमारी खरेललाई अत्यधिक मतले विजयी गराउने अभियान अहिले गाउँ–टोलसम्म