NRN USA को १५औं AGM घोषणा, अध्यक्ष सतेन्द्र शाहद्वारा एकताका नाममा पद बाँडफाँडको राजनीति नगर्न आग्रह

theoutsidenepal.com

NRN USA को १५औं AGM घोषणा, अध्यक्ष सतेन्द्र शाहद्वारा एकताका नाममा पद बाँडफाँडको राजनीति नगर्न आग्रह


अमेरिकामा दर्ता भएको गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाका अध्यक्ष Satendra Sah ले संस्थालाई विवादित बनाउने गरी “एकता” का नाममा पद बाँडफाँडको राजनीति नगर्न आग्रह गरेका छन्।


अध्यक्ष शाहले सार्वजनिक गरेको स्टाटसमार्फत NRN USA अमेरिकाको कानुनअनुसार अमेरिकामै दर्ता भएको संस्था भएको उल्लेख गर्दै संस्थाको सुरुदेखि नै Non-Resident Nepali Association (NRN ICC) सँग affiliation रहेको बताएका छन्। संस्थाको bylaws टेनेसी राज्यमा दर्ता गरिएको र गत वर्ष सम्पन्न १४औं AGM मार्फत नयाँ कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको उनले स्पष्ट पारे।


उनका अनुसार जुलाई–अगस्टमा भएको निर्वाचन विवादका कारण केही समयका लागि NRN NCC USA को affiliation खोसिएको थियो। तर संस्था अमेरिकाको कानुनअनुसार दर्ता भएकाले गतिविधिमा खास असर नपरेको दाबी गरिएको छ। पछि तत्कालीन ICC अध्यक्ष Mahesh Shrestha र Badri KC ले गल्ती स्वीकार गर्दै सबै कारबाही फिर्ता गरी पुनः affiliation प्रदान गरेको शाहले उल्लेख गरेका छन्।


अध्यक्ष शाहले पछिल्लो ९ महिनादेखि NRN NCC USA का गतिविधिहरू निरन्तर सञ्चालन हुँदै आएको बताउँदै सबै पक्षसँग सहकार्य र समन्वयका साथ अघि बढिरहेको जनाएका छन्।


उनले नयाँ ICC नेतृत्व आएपछि “एकता” को नाममा पद बाँडफाँड गरी संस्थालाई असहज र विवादित बनाउने प्रयास भइरहेको अनुभूति भएको प्रतिक्रिया दिएका छन्। “कसैको पद bargain गर्ने अधिकार कसैलाई छैन, र संस्थाको bylaws ले पनि यस्तो व्यवस्था दिएको छैन,” उनले बताएका छन्।


साथै उनले ICC सँग संस्थागत सम्बन्ध सुदृढ बनाउन आफूहरू प्रतिबद्ध रहेको, केही ICC fee समेत बुझाइसकेको र संस्थालाई कमजोर बनाउने कुनै गतिविधिको पक्षमा नरहेको उल्लेख गरेका छन्।


अध्यक्ष शाहले NRN USA को membership, ICC ले निर्माण गरेको MRS system मार्फत सञ्चालन गरिने, सदस्यहरूको data अमेरिकामै सुरक्षित रहने व्यवस्था गरिने तथा NRN USA को वेबसाइटमार्फत real-time data sharing हुने प्रणाली लागू गरिने जानकारी पनि दिएका छन्।


यसैबीच NRN USA ले आफ्नो १५औं AGM घोषणा गरिसकेको छ। संस्थाभित्र रहेका विवाद तथा मतभेदलाई सामान्य सदस्यहरूमाझ खुला छलफलमार्फत समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष शाहले “कुनै पनि संस्थामा general members भन्दा ठूलो कोही हुँदैन” भन्ने धारणा व्यक्त गरेका छन्।


उनले आगामी जुलाई १८ र १९ मा Austin मा आयोजना हुने NRN USA को १५औं AGM मा सहभागी हुन सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सरोकारवालालाई हार्दिक आह्वान गरेका छन्।


प्रतिक्रिया